सुन हालसम्मकै महङ्गो, आज तोलामा कतिले बढ्यो ?
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा पहिलोपटक २ लाख ८० हजारको आँकडा पार गर्दै सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको हो ।सोमबार सुनको भाउ ४ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा भईरहेको छ ।

