बिहीबार, श्रावण २८,२०८३ 03:35:23
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 03:35:23
Bizshala
Global IME Bank Limited

माण्डु हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

Prabhu Bank Limited
माण्डु हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
New Office

काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले आगामी भदौ १८ गते १४औँ तथा १५औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार साधारण सभा २०८३ भदौ १८ गते बिहान १० बजे काठमाण्डौको नयाँबजारस्थित नेपा बैंक्वेटमा हुनेछ।

सभामा आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। यस्तै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

कम्पनीले हाल कायम चुक्ता पुँजी रु. १ अर्ब ३६ करोड ३६ लाख ३७ हजारको १२.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीका अनुसार प्रस्तावित नगद लाभांशमध्ये ०.५२६३४ प्रतिशत आर्थिक वर्ष २०८१/८२ को बोनस शेयर लाभांश कर प्रयोजनका लागि तथा बाँकी १२ प्रतिशत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट वितरण गर्न प्रस्ताव गरिएको हो।

साधारण सभामा कम्पनीको हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पनि पेश हुँदैछ। बोनस सेयरको कुल रकम रु. १३ करोड ६३ लाख ६३ हजार ७०० बराबर हुने कम्पनीले जनाएको छ। उक्त बोनस शेयर वितरणका लागि विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त भइसकेको कम्पनीको सूचनामा उल्लेख छ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा पूँजी वृद्धि लगायत आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि पेश गरिनेछ। नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा थप संशोधन, फेरबदल वा अन्य निर्देशन प्राप्त भएमा त्यसअनुसार आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत रहेको छ।

यसैगरी, संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिको निर्वाचन तथा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी भदौ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ ४ गतेसमम नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभाभगी हुनका लागि योग्य हुनेछन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.