मंगलवार, मंसिर १,२०८३ 11:26:09
  • मंगलवार, मंसिर १,२०८३ 11:26:09
Global IME Bank Limited

लगानीकर्तालाई औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल दिएको सिटिजन्स म्युचुअल फण्ड–२ को सातवर्षे यात्रा पूरा

Bizshala
लगानीकर्तालाई औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल दिएको सिटिजन्स म्युचुअल फण्ड–२ को सातवर्षे यात्रा पूरा
New Office

 

काठमाण्डौ । सेयर बजारमा पटक–पटक देखिएको उतारचढाव र चुनौतीपूर्ण लगानी वातावरणका बीच सिटिजन्स म्युचुअल फण्ड–२ ले आफ्नो सातवर्षे यात्रा सफलतापूर्वक पूरा गरेको छ। योजनाले सञ्चालन अवधिभर इकाईधनीलाई औसत वार्षिक १०.४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष ‘सिटिजन्स म्युचुअल फण्ड–२’ (CMF2) ले निर्धारित अवधि पूरा गरी खारेजी प्रक्रिया समेत सम्पन्न गरेको हो।

५६ करोड रुपैयाँ आकारको यो योजना २०७६ असार २२ गतेदेखि सञ्चालनमा आएको थियो। योजनाले २०८३ असार २१ गते सातवर्षे अवधि पूरा गरी परिपक्वता हासिल गरेको हो।

क्यापिटलका अनुसार योजनाको खारेजी प्रक्रिया सम्पन्न भएसँगै इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम वितरण गर्ने कार्यसमेत सुरु भइसकेको छ।

नेपालको धितोपत्र बजारमा विभिन्न समयमा देखिएको अस्थिरता, सेयर मूल्यमा आएको गिरावट तथा चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद योजनाले निरन्तर प्रतिफल वितरण गर्न सफल भएको क्यापिटलले जनाएको छ।

सिटिजन्स क्यापिटलले यसअघि परिपक्व भएको ‘सिटिजन्स म्युचुअल फण्ड–१’ (CMF1) मार्फत समेत इकाईधनीलाई औसत वार्षिक १२ प्रतिशत प्रतिफल प्रदान गरेको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसरी लगातार दुईवटा बन्दमुखी सामूहिक लगानी कोषलाई परिपक्वतासम्म पुर्‍याएर लगानीकर्तालाई प्रतिफल वितरण गर्न सफल हुनुलाई क्यापिटलले आफ्नो व्यावसायिक लगानी व्यवस्थापन क्षमताको उपलब्धिका रूपमा लिएको छ।

सामूहिक लगानी कोष व्यवस्थापनमार्फत लगानीकर्तालाई प्रतिफल प्रदान गर्नुका साथै व्यवस्थित तथा दीर्घकालीन लगानी संस्कृतिको विकासमा योगदान पुर्‍याउँदै आएको कम्पनीले जनाएको छ।

अब १ अर्बको सिटिजन्स सुपर ५० बजारमा

दुईवटा योजना परिपक्व गराएको सिटिजन्स क्यापिटलले नयाँ बन्दमुखी सामूहिक लगानी कोष ‘सिटिजन्स सुपर ५०’ सञ्चालनमा ल्याउने तयारी गरेको छ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यो योजनाको इकाई निष्कासन मंसिर २ गतेदेखि सुरु हुने तय गरिएको छ।

१० वर्ष अवधि रहेको योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ हुनेछ। माग तथा आवेदनको अवस्थाअनुसार योजनाको आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म पुर्‍याउन सकिने व्यवस्था छ।

यो योजनामा सर्वसाधारण तथा संस्थागत दुवै प्रकारका लगानीकर्ताले इकाई खरिदका लागि आवेदन दिन सक्नेछन्।

सिटिजन्स क्यापिटलले विगतका योजनाको व्यवस्थापनबाट हासिल गरेको अनुभव, संस्थागत क्षमता तथा व्यावसायिक दक्षतालाई नयाँ योजनामा समेत उपयोग गर्ने जनाएको छ।

कम्पनीले हाल सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना तथा सिटिजन्स सन्तुलित योजनासहित विभिन्न सामूहिक लगानी कोष व्यवस्थापन गर्दै आएको छ।

Garima Development Bank
Bizshala
IME remit

त्यसैगरी कम्पनीले आफ्नो सामूहिक लगानी कोष व्यवस्थापन क्षमता तथा सेवाको गुणस्तरका लागि इक्रा नेपाल लिमिटेडबाट ‘AMC Quality 3+’ रेटिङ प्राप्त गरेको जनाएको छ।

कम्पनीका अनुसार नयाँ योजनामार्फत दीर्घकालीन लगानीको अवसर प्रदान गर्दै पूँजीबजारमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने लक्ष्य राखिएको छ।

सिटिजन्स क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ रहेका छन्।

कम्पनीले संस्थागत सुशासन, लगानीकर्ता हित संरक्षण तथा पूँजीबजारको विकासलाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्दै आएको जनाएको छ।

लगानीकर्ताले बुझ्नुपर्ने पक्ष

सिटिजन्स म्युचुअल फण्ड–२ ले वितरण गरेको औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल विगतमा वितरण गरिएको नगद लाभांशको औसत हो। यसलाई लगानीकर्ताले हासिल गरेको कुल वार्षिकीकृत प्रतिफलसँग समान मान्न मिल्दैन। कुल प्रतिफल गणना गर्दा लगानी गरिएको रकम, प्राप्त नगद लाभांश तथा परिपक्वतामा फिर्ता हुने रकमसमेत समेट्नुपर्छ।

त्यसैगरी विगतका योजनाको प्रतिफलले नयाँ निष्कासन हुन लागेको सिटिजन्स सुपर ५० को भविष्यको प्रतिफल सुनिश्चित गर्दैन।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.