मंगलवार, मंसिर १,२०८३ 11:26:08
  • मंगलवार, मंसिर १,२०८३ 11:26:08
Global IME Bank Limited

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बीमक संघको बधाई, क्षेत्रको सुधार र विस्तारमा सहकार्यको प्रतिबद्धता

Bizshala
बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बीमक संघको बधाई, क्षेत्रको सुधार र विस्तारमा सहकार्यको प्रतिबद्धता
New Office

 

काठमाण्डौ । नेपाल बीमक संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालको बीमा क्षेत्रको विकास, विस्तार र सुदृढीकरणका लागि नियामक निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

संघका अध्यक्षसहित आबद्ध सदस्य बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको प्रतिनिधिमण्डलले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षसँग शिष्टाचार भेटवार्ता गर्दै बधाई तथा शुभकामना व्यक्त गरेको हो।

भेटका क्रममा नेपालको समग्र बीमा क्षेत्रको वर्तमान अवस्था, विकासका सम्भावना तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा छलफल भएको संघले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

विशेषगरी बीमा सेवाको पहुँच विस्तार, बीमाप्रतिको विश्वास अभिवृद्धि, बीमितको हित संरक्षण तथा बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने विषयमा छलफल केन्द्रित भएको थियो।

त्यसैगरी नेपालको बीमा क्षेत्रको दीर्घकालीन विकासका लागि नियामक निकाय र बीमा कम्पनीहरूबीच आपसी समन्वय, सहकार्य तथा सहकार्यात्मक सम्बन्धलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा समेत विचार आदानप्रदान भएको संघले जानकारी दिएको छ।

संघले नवनियुक्त अध्यक्षको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा नेपालको बीमा क्षेत्रले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

Garima Development Bank
Bizshala
IME remit

नेपाल बीमक संघले जारी गरेको प्रेस विज्ञप्तिमा बीमा क्षेत्रको संस्थागत विकास, सेवाको विस्तार तथा बीमितको हित संरक्षणका लागि नियामक निकायसँग प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।

संघले मंसिर १ गते जारी गरेको विज्ञप्तिमार्फत नवनियुक्त अध्यक्षसँग भएको भेटवार्ताबारे जानकारी गराएको हो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.