प्राधिकरणको कडा निर्देशनः फिक्स्ड डिपोजिट’ र ‘डबल मनी’ भन्दै बीमा बेच्न अब नपाइने”
काठमाडौं । बीमालेखलाई बैंकको मुद्दती निक्षेप, ब्याज दिने योजना वा निश्चित प्रतिफल दिने लगानीका रूपमा बेच्ने प्रवृत्तिमाथि नेपाल बीमा प्राधिकरणले कडाइ गरेको छ । बीमा बजारमा बढ्दो ‘मिस–सेलिङ’, भ्रामक प्रचार र बीमालेख खरिद गरेको केही समयमै सरेन्डर गर्ने प्रवृत्ति बढेपछि प्राधिकरणले जीवन तथा लघु जीवन बीमा कम्पनीहरूलाई नयाँ निर्देशन जारी गरेको हो ।प्राधिकरणले बीमा...

