मंगलवार, मंसिर १,२०८३ 11:11:30
  • मंगलवार, मंसिर १,२०८३ 11:11:30
Global IME Bank Limited

आन्दोलनको आगजनी र तोडफोडबाट उठेर व्यवसायमा शानदार पुनरागमन गरेको भाटभटेनीलाई सरकारको विशेष सम्मान

Bizshala
आन्दोलनको आगजनी र तोडफोडबाट उठेर व्यवसायमा शानदार पुनरागमन गरेको भाटभटेनीलाई सरकारको विशेष सम्मान
New Office

 

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ठूलो क्षति व्यहोरे पनि छोटो समयमै पुनर्निर्माण गरी व्यवसायलाई पुरानै लयमा फर्काउन सफल भाटभटेनी सुपरमार्केट सरकारी सम्मानबाट सम्मानित भएको छ।

राष्ट्रिय कर दिवसका अवसरमा सरकारले प्रतिकूल परिस्थितिमा समेत व्यावसायिक निरन्तरता कायम राख्दै उत्कृष्ट प्रदर्शन गरेको भन्दै भाटभटेनीलाई विशेष सम्मान प्रदान गरेको हो।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भाटभटेनीका अधिकांश स्टोरमा आगजनी, लुटपाट तथा तोडफोड भएको थियो। आन्दोलनले हिंसात्मक रूप लिएपछि देशका विभिन्न स्थानमा सञ्चालित भाटभटेनीका स्टोरहरू निशानामा परेका थिए। त्यसबाट कम्पनीले ठूलो भौतिक तथा आर्थिक क्षति व्यहोर्नुपरेको थियो।

तर, गम्भीर संकटका बीच पनि भाटभटेनीले हार मानेन। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, मर्मतसम्भार तथा व्यवस्थापनलाई तीव्रता दिँदै कम्पनीले छोटो अवधिमै अधिकांश स्टोर पुनः सञ्चालनमा ल्याउन सफलता हासिल गर्‍यो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

ठूलो क्षतिपछि पनि व्यावसायिक गतिविधिलाई निरन्तरता दिने कम्पनीको प्रयासलाई सरकारले विशेष रूपमा मूल्यांकन गरेको हो।

जेनजी आन्दोलनअघि पनि भाटभटेनीले आन्दोलनजन्य हिंसाबाट क्षति व्यहोरेको थियो। दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको आन्दोलन हिंसात्मक बनेपछि कोटेश्वरस्थित भाटभटेनी स्टोरमा लुटपाट भएको थियो।

एकपछि अर्को आन्दोलनका क्रममा क्षति व्यहोरेको कम्पनीले पुनर्निर्माण र व्यवसाय सञ्चालनमा देखाएको सक्रियता निजी क्षेत्रका लागि उदाहरणीय बनेको छ।

भाटभटेनीलाई प्रदान गरिएको सम्मानलाई केवल एउटा व्यावसायिक प्रतिष्ठानको उपलब्धिका रूपमा मात्र नभई संकटको सामना गर्दै पुनः उठ्ने नेपाली निजी क्षेत्रको क्षमताको मान्यताका रूपमा समेत लिन सकिन्छ।

Garima Development Bank
Bizshala
IME remit

सरकारले प्रत्येक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। मूल्य अभिवृद्धि कर ऐन, २०५२ कार्यान्वयनमा आएको २०५४ मंसिर १ गतेको ऐतिहासिक दिनलाई आधार मानेर २०६९ सालदेखि राष्ट्रिय कर दिवस मनाउन थालिएको हो।

यस अवसरमा सरकारले कर प्रणालीमा योगदान पुर्‍याउने उत्कृष्ट करदाताहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ। यस वर्ष भने आन्दोलनबाट ठूलो क्षति व्यहोरेर पनि व्यावसायिक पुनरुत्थानमा सफलता हासिल गरेको भाटभटेनीलाई विशेष सम्मान प्रदान गरिएको हो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.