काठमाडौं । राजबहादुर साह आर्थिक वर्ष २०८१/८२ मा व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति घोषित भएका छन्। राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले उनलाई सम्मान गरेको हो।
उनको सम्मान बुबा विजयकुमार साहले ग्रहण गरेका थिए। विजयकुमार र राजबहादुरले व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रूपमा हालसम्म तीन–तीन पटक सम्मान प्राप्त गरेका छन्।
जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक विजयकुमार हुन् भने राजबहादुर उक्त कम्पनीका प्रबन्ध निर्देशक हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।