काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले सेयरधनीलाई २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले पुस २ गते बिहीबार वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ सम्मको मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने ७८ करोड ३६ लाख ४१ हजार २५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित नगद लाभांशमा लाभांश करसमेत समावेश गरिएको छ।
त्यस्तै, कम्पनीले चुक्तापुँजीको ६ प्रतिशतका दरले हुन आउने ३१ करोड ३४ लाख ५६ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्तावसमेत साधारणसभामा पेस गर्नेछ।
प्रस्तावित लाभांश साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन्।
कम्पनीले बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजीमा हुने वृद्धिलाई समेट्न प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत अघि सारेको छ।
साधारणसभामा कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पेस हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।