सोमबार, कार्तिक ३०,२०८३ 06:17:11
  • सोमबार, कार्तिक ३०,२०८३ 06:17:11
Global IME Bank Limited

खराब कर्जा असुलीमा कडाइ गर्न नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन, अनुत्पादक क्षेत्रमा लगानी नगर्न चेतावनी

Bizshala
खराब कर्जा असुलीमा कडाइ गर्न नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन, अनुत्पादक क्षेत्रमा लगानी नगर्न चेतावनी
New Office

 

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बैंक लिमिटेडलाई खराब कर्जा असुलीमा विशेष ध्यान दिन र वित्तीय अनुशासन कायम गर्न निर्देशन दिएका छन्।

नेपाल बैंकको ९०औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रमा सुशासन, पारदर्शिता र वित्तीय अनुशासनलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन्।

उनले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न आग्रह गर्दै कर्जा परिचालनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

नेपालको बैंकिङ इतिहासमा महत्वपूर्ण स्थान ओगटेको नेपाल बैंकले संस्थागत सुशासनको उच्च मापदण्ड कायम गर्दै ग्राहकलाई सरल, सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने अर्थमन्त्री वाग्लेको भनाइ थियो।

उनले सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेको तीनबुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्नसमेत निर्देशन दिए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

डिजिटल बैंकिङ र तथ्यांक सुरक्षामा जोड

अर्थमन्त्री वाग्लेले बैंकको कामकारबाही थप पारदर्शी बनाउँदै जनविश्वास कायम राख्नुपर्ने बताए।

उनले संस्थागत कमजोरी सुधार, ग्राहकको तथ्यांक सुरक्षा र डिजिटल रूपान्तरणलाई बैंकको प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

आगामी दिनमा डिजिटल बैंकिङ सेवा विस्तारसँगै लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच सहज बनाउनुपर्नेमा समेत उनले जोड दिए।

त्यस्तै, हरित अर्थतन्त्रको प्रवर्द्धन, वित्तीय साक्षरता अभिवृद्धि र उत्पादनशील क्षेत्रमा कर्जा परिचालन गर्न नेपाल बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

नेपाल बैंकको निक्षेप ४ खर्ब १६ अर्ब, कर्जा २ खर्ब ६२ अर्ब

कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले बैंकको पछिल्लो वित्तीय तथा व्यावसायिक अवस्थाबारे जानकारी दिएका थिए।

उनका अनुसार बैंकको चुक्तापुँजी १४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने कुल निक्षेप संकलन ४ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकले २ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

Garima Development Bank
Bizshala
IME remit

बैंकको निष्क्रिय कर्जा अनुपात ४.१८ प्रतिशत रहेको प्रमुख कार्यकारी अधिकृत पाण्डेयले जानकारी दिए।

उनले नेपालमा औपचारिक बैंकिङ प्रणालीको सुरुवात गरेको नेपाल बैंकले बचत संस्कृतिको विकास, वित्तीय स्रोत परिचालन, पुँजी निर्माण तथा औद्योगिक र व्यापारिक क्षेत्रको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

२९ लाखभन्दा बढी ग्राहक, मोबाइल बैंकिङ प्रयोगकर्ता १० लाख

नेपाल बैंकको ग्राहक संख्या २९ लाख २४ हजार पुगेको छ।

बैंकमा हाल ३ हजार ६०० कर्मचारी कार्यरत छन् भने देशभर २५० वटा एटीएम सञ्चालनमा रहेका छन्।

त्यस्तै, मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकको संख्या १० लाख पुगेको छ।

बैंकले हालसम्म देशका ७१ जिल्लामा शाखा विस्तार गरिसकेको प्रमुख कार्यकारी अधिकृत पाण्डेयले जानकारी दिए।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.