मंगलवार, मंसिर १,२०८३ 07:09:33
  • मंगलवार, मंसिर १,२०८३ 07:09:33
Global IME Bank Limited

अमेरिकाका प्रमुख बैंकमा किन आयो प्राविधिक समस्या ?

Bizshala
अमेरिकाका प्रमुख बैंकमा किन आयो प्राविधिक समस्या ?
New Office

काठमाडौं। अमेरिकाका प्रमुख बैंकहरूमा देखिएको प्राविधिक समस्याका कारण हजारौँ ग्राहकले बैंकिङ सेवा प्रयोग गर्न कठिनाइ भोगेका छन्। जेपी मोर्गन चेज, वेल्स फार्गो, बैंक अफ अमेरिका र यूएस बैंकका ग्राहकले अनलाइन खाता खोल्न, मौज्दात हेर्न तथा रकम स्थानान्तरण गर्न समस्या भएको बताएका छन्।

अमेरिकाको सबैभन्दा ठूलो बैंकिङ संस्था चेज बैंकले आफ्नो हार्डवेयर प्रणालीमा देखिएको सफ्टवेयर त्रुटिका कारण समस्या उत्पन्न भएको हुन सक्ने जनाएको छ। बैंकले समस्या अस्थायी रहेको र साइबर आक्रमण वा प्रणालीगत कमजोरीसँग सम्बन्धित नभएको स्पष्ट पारेको छ। यसले अन्य बैंकका सेवामा समेत असर पारेको हुन सक्ने बैंकको भनाइ छ।

डाउनडिटेक्टरका अनुसार सोमबार चेज बैंकको सेवा अवरोधबारे झन्डै ५ हजार गुनासा आएका थिए। बैंकले केही कारोबार सम्पन्न हुन सामान्यभन्दा बढी समय लागे पनि ग्राहकको खाता र रकममा पहुँच कायम रहेको जनाएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बैंक अफ अमेरिकाका ग्राहकले एटीएम तथा मोबाइल बैंकिङमा समस्या भोगेका थिए भने वेल्स फार्गो र यूएस बैंकका ग्राहकले अनलाइन खाता तथा रकम स्थानान्तरणमा कठिनाइ भएको बताएका थिए। यूएस बैंकका जेलमार्फत भुक्तानी गर्ने केही ग्राहकले पनि त्रुटि सन्देश पाएका थिए। जेलले भने आफ्नो सेवा सामान्य रूपमा सञ्चालन भइरहेको जनाएको छ।

ट्रुइस्ट, पीएनसी र क्यापिटल वनका ग्राहकले पनि समस्या आएको गुनासो गरे पनि ती बैंकले आफ्नो सेवा प्रभावित नभएको बताएका छन्। सोमबार साँझसम्म चेज, बैंक अफ अमेरिका र यूएस बैंकमा अवरोधसम्बन्धी गुनासो घट्दै गएको थियो।

Garima Development Bank
Bizshala
IME remit

यसैबीच, सोमबार नै युनाइटेड एयरलाइन्सको प्रणालीमा पनि व्यापक प्राविधिक समस्या देखिएको थियो। त्यसका कारण उडानका लागि प्रस्थान गर्न लागेका विमान प्रभावित भए पनि केही घण्टामै समस्या समाधान भएको कम्पनीले जनाएको छ। उक्त समस्या साइबर सुरक्षासँग सम्बन्धित नभएको र अन्य एयरलाइन्समा असर नपरेको कम्पनीको भनाइ छ।

यसअघि शुक्रबार अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले दूरसञ्चार तथा नेटवर्क प्रणालीमा आएको समस्याका कारण देशभरका उडान चार घण्टाभन्दा बढी समय रोकेको थियो। पछिल्ला घटनाले अमेरिकाका बैंकिङ, हवाई तथा प्रविधि क्षेत्रमा लगातार प्राविधिक अवरोध देखिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.