काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको तुलनामा ५१.८४ प्रतिशत कम हो ।
गत आवको पहिलो त्रैमाससम्म कम्पनीले १० करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी घट्दा नाफामा संकुचन देखिएको हो ।
कम्पनीले विजुली बेचेर १६ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत आवको तुलनामा १८.७२ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म कम्पनीले २० करोड ४७ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ३६ करोड रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ र रिजर्भमा ४१ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ ।
कम्पनीको इपीएस ३०.६१ रुपैयाँबाट घटेर १४.७४ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४३.०८ रुपैयाँ, पीई रेसियो ५३.२५ गुणा रहेको छ ।

