आईतवार, असार १५,२०८२ 03:03:43
  • आईतवार, असार १५,२०८२ 03:03:43
Global IME Bank Limited

माण्डु हाईड्रोपावरले आर्जन गर्यो २२.१५ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

Hyundai Nepal
माण्डु हाईड्रोपावरले आर्जन गर्यो २२.१५ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?
Nabil Bank Limited

काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा २२ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा १२.३१ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १९ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत ५८ करोड २० लाख रुपैयाँ खुद आम्दानी गरेको छ । यो रकम गत आवको त्ुलनामा २.८३ प्रतिशतले कम हो । कम्पनीले कर्मचारीको तलब तथा सेवा सुविधाका लागि २ करोड २६ लाख, सञ्चालन तथा मर्मतका लागि  ४ करोड ९८ लाख र कम्पनीको प्रशासनिक सञ्चालनका लागि ५३ लाख ९४ हजार रुपैयाँ खर्च गरेको छ ।  

यस्तै कम्पनीको वित्त खर्च १७ करोड १३ लाख र सामाजिक उत्तर दायित्वअन्तर्गत २२ लाख ३८ हजार रुपैयाँ खर्च गरेको छ । १ अर्ब ३६ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले सेयर प्रिमियम शिर्षकमा १७ करोड ५ लाख रुपैयाँ छुट्टाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको रिटेन्ड अर्निङ ३६.९६ प्रतिशतले बढेर ४२ करोड २९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल चालु सम्पत्ति १६ करोड ३३ लाख रुपैयाँ र कुल चालु दायित्व ९ करोड ७४ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२१.६६ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १४३.५३ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३५.५४ गुणा र तरलता  अनुपात १.६८ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.