काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई घोषणा गरेको १० प्रतिशत बोनस सेयर वितरणका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सेयरमूल्य समायोजन गरिएको हो।
नेप्सेले कम्पनीको समायोजित मूल्य प्रतिकित्ता ७६३.६४ रुपैयाँ कायम गरेको छ।
कम्पनीको अघिल्लो कारोबारको बन्द मूल्य प्रतिकित्ता ८४० रुपैयाँ थियो। सोही मूल्यलाई आधार बनाएर १० प्रतिशत बोनस सेयरको समायोजनपछि नयाँ मूल्य निर्धारण गरिएको हो।
बोनस सेयरको समायोजनसँगै आगामी कारोबारमा कम्पनीको सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर हुनेछ। कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेपछि नेप्सेले मूल्य समायोजन गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।