काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको नाफामा उछाल देखिएको छ । गत आर्थिक वर्ष २०८२÷८३ मा कम्पनीले ३१ करोड ८५ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को तुलनामा ४१४.८० प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले जम्मा ६ करोड १८ लाख ७९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानीमा उल्लेख्य सुधार देखिएसँगै नाफामा उछाल देखिएको हो । गत आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ७९ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा २८८.२६ प्रतिशत बढी हो ।
अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत २० करोड ४७ लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो ।
१ अर्ब ३६ करोड चुक्तापूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ तथा रिजर्भमा ६८ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)४.५४ रुपैयाँबाट बढेर २३.३६ रुपैयाँ पुगेको छ भने नेटवर्थ १६२.८८ रुपैयाँ, आरओई ६.०८ प्रतिशत र पीई रेसियो १९९.११ गु्णाबाट सुधार हुँदै ३४.२५ गुणामा कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।