बुधबार, कार्तिक ७,२०८१ 10:11:30
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 10:11:30
IME remit
Global IME Bank Limited

हालसम्म कुन हाईड्रो कम्पनीले कति घोषणा गरे लाभांश ? कति वटाको बाँकी ?

Hyundai Nepal
हालसम्म कुन हाईड्रो कम्पनीले कति घोषणा गरे लाभांश ? कति वटाको बाँकी ?
Nabil Bank Limited

काठमाण्डो । नेप्सेमा सूचीकृत ९१ वटा हाईड्रो कम्पनीमध्ये हालसम्म ९ वटाले मात्रै लाभांश घोषणा गरेका छन् । जसमध्ये एउटा कम्पनीले नगद लाभांश मात्रै, २ वटाले बोनस सेयर मात्रै र ६ वटाले नगद र बोनस सेयर दुवै दिने प्रस्ताव गरेका छन् ।  

हालसम्म लाभांश घोषणा गर्नेमा साहस उर्जा, सिईडिबि हाईड्रोपावर, भगवति हाईड्रोपावर, माण्डु हाईड्रोपावर, सुपरमाई हाईड्रोपावर, अपि पावर कम्पनी,मन्दाकिनी हाईड्रोपावर, सुपरमाई हाईड्रोपावर र रुरु जलविद्युत परियोजना रहेका छन् ।  

कुन कम्पनीले कति दिदैछन् लाभांश ?

साहस उर्जा लिमिटेड

साहस उर्जाले आव २०८०/८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि( गरी कुल ८.८२१ प्रतिशत लाभांश वितरण गर्ने गर्ने निर्णय गरेको छ ।    

 

। 

Bizshala
Shivam Cement
CG Motors

सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

कम्पनीले आव २०७९/८० र २०८०/८१ का लागि चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर (कर बाहेक) जारी गर्ने निर्णय गरेको छ । कम्पनीको लाभांश गत असोज २१ गते बसेको साधारण सभाबाट पारित भईसकेको छ ।  

भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनी

भगवती हाईड्रोपावरले आफ्ना सेयरधनीहरूलाई चुक्तापूँजीको ४ प्रतिशतले बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको लाभांश वितरणको प्रस्ताव गत असोज १६ गते सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट पारित भईसकेको छ ।  

माण्डु हहाईड्रोपावर  

कम्पनीले आव २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको उक्त प्रस्ताव गत असोज १४ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट पारित भईसकेको छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

सुपरमाई हाईड्रोपावर  

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित)गरी कुल १२.६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  

अपि पावर कम्पनी लिमिटेड

अपि पावरले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । यसअघि भने कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । जसलाई विद्युत नियमन आयोगले अस्विकृत गरेको थियो ।  

मन्दाकिनी हाईड्रोपावर लिमिटेड

कम्पनीले सञ्चित मुनाफा समेतबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र र ०.२६३२ प्रतिशत नगद लाभाशं (कर प्रयोजनका लागि) गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  

सुपर मादी हाईड्रोपावर लिमिटेड

कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ५५ लाख २६ हजार ३१६ रुपैयाँ नगद लाभांश घोषणा गरेको छ । लाभांश पारितको मुख्य अजेण्डासहित कम्पनीको १५ औं वार्षिक साधारण सभा कात्तिक ५ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा आयोजना हुँदैछ ।  

रुरु जलविद्युत परियोजना लिमिटेड

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांशको प्रस्ताव पारित गर्न कात्तिक ११ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा १९ औं वार्षिक साधारण सभा डाकेको छ 

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.