काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको २.५०प्रतिशत बोनस सेयर र १०.प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२.५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
यसका साथै बैठकले साधारण सभा समेत डाकेको छ । कम्पनीको साधारण सभा मंसिर २५ गते काठमाण्डौमा आयोजना हुनेछ ।
उक्त सभामा लाभांशको मुख्य प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागि हुन योग्य हुनेछन् ।

