काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ । कात्तिक १४ गते बसेको सञ्चालक समितिको बेठकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
बैठकले सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपशचात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।