काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ । वैशाख २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश संशोधन गरेको हो ।
कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट नगद लाभांश घोषणा गरेको देखिएकाले हाललाई कर प्रयोजनका लागि बाहेक अन्य कुनै पनि नगद लाभांश घोषणा नगर्न बीमा प्राधिकरणले निर्देशन दिएकाले लाभांश संसोधन गरेको हो ।
कम्पनीले लाभांश संशोधन गर्दै हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
यस अघि कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) गरी कुल ३४.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।