बिहीबार, फाल्गुन २१,२०८२ 08:59:32
Bizshala
  • बिहीबार, फाल्गुन २१,२०८२ 08:59:32
Bizshala
Global IME Bank Limited

ङादी ग्रुप पावरको लाभांश घोषणा, साधारण सभा समेत आह्वान

Hyundai Nepal
ङादी ग्रुप पावरको लाभांश घोषणा, साधारण सभा समेत आह्वान
Shivam Cement

काठमाण्डौ । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर २५ गते वार्षिक साधारण सभा समेत डाकेको छ । उक्त सभा काठमाण्डौको शंखपार्कमा रहेको स्मार्ट दरबारमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सभामा लाभांशको प्रस्ताव पा्िरत हुनुका साथै बोनस सेयरपश्चात पूाजी वृद्धि गर्न कम्पनीको अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेश गर्ने गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित गत आवको वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सभामा सञ्चालहरुको नियुक्त अनुमोदन गर्ने र सञ्चालक समितिबाट भएका निर्णय तथा काम कारवाहीहरु अनुमोदन गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.