मंगलवार, श्रावण २६,२०८३ 08:25:06
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 08:25:06
Bizshala
Global IME Bank Limited

धमाधम लाभांश घोषणा गर्दै बीमा कम्पनी, जीवनको तुलनामा निर्जीवनको किन ढिलाई ?

Prabhu Bank Limited
धमाधम लाभांश घोषणा गर्दै बीमा कम्पनी, जीवनको तुलनामा निर्जीवनको किन ढिलाई ?
New Office

काठमाण्डौ । हालसम्म १६ बीमा कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । जसमा १० जीवन बीमा कम्पनी र ६ निर्जीवन बीमा कम्पनी रहेका छन् ।

लाभांश घोषणा गर्ने जीवन बीमकहरुमा नेपाल लाइफ, नेशनल लाइफ, आइएमई लाइफ, प्रभु महालक्ष्मी लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ, सानिमा रिलायन्स लाइफ, रिलायबल नेपाल लाइफ, एलआइसी नपाल र सूर्यज्योति लाइफ इन्स्योरेन्स छन् ।

त्यस्तै, निर्जीवन बीमकहरुमा शिखर इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल, नेपाल इन्स्योरेन्स, सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर र एनएलजी इन्स्योरेन्स छन् ।

यस वर्ष बीमा कम्पनीहरुले अप्रत्याशित रुपमा लाभांश चाँडै घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुको तुलनामा बीमा कम्पनीहरुले केही ढिला लाभांश घोषणा गर्दथे । अझै निर्जीवन बीमा कम्पनीहरुको तुलनामा जीवन बीमा कम्पनीहरुको लाभांश घोषणा त झनै ढिला हुने गर्दथ्यो कारण थियो एक्चुरियल भ्यालुएसन ।

तर यस वर्ष निर्जीवन भन्दा जीवन बीमा कम्पनीहरुले चाँडै लाभांश घोषणा गरेका छन् । संख्याको आधारमा पनि जीवन बीमा कम्पनीहरु अगाडी छन् । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले थालनी गरेको समानान्तर मूल्यांकन प्रणालीले बीमा कम्पनीहरुलाई समयमै लाभांश प्रस्ताव गर्न र साधारण सभा आह्वान गर्न सजिलो भएको छ ।

ओझा अध्यक्ष रहँदा बीमा कम्पनीहरुको एक्चुरियल भ्यालुएसन र वित्तीय विवरण दुबैको मूल्यांकन एकसाथ गर्ने गरी प्राधिकरणमा भिन्न संरचनाहरु बनाइएको थियो । जसकारण अहिले जीवन बीमा कम्पनीहरुको एक्चुरियल भ्यालुएस छिटो हुनुका साथै वित्तीय विवरण मूल्यांकनको काम पनि चाँडै सम्पन्न भई समयमै लाभांश घोषणा गर्न पाइरहेका छन् ।

बीमा ऐन, २०७९ को दफा ८७ बमोजिम बीमा कम्पनीहरुले आर्थिक वर्ष सकिएको तीन महिनाभित्र प्रचलित कानून बमोजिम लेखापरीक्षण गराउनुपर्ने व्यवस्था छ । साथै सोही व्यवस्थाबमोजिम बीमकले उक्त अवधिभित्र लेखापरीक्षण गराउन नसक्ने मनासिब खुलाई लेखापरीक्षण गराउने अवधि थपको लागि अनुरोध गरेमा प्राधिकरणले दुई महिनासम्मको अवधि थप गरिदिन सक्नेछ भन्ने व्यवस्था छ ।

प्राधिकरणले बीमा कम्पनीहरुको एक्चुरियल भ्यालुएसनको काम चाँडै सकाउने विभिन्न प्रयत्नले बीमा कम्पनीहरुको लाभांश घोषणा यस वर्ष चाँडै हुन पुगेको प्राधिकरणले जनाएको छ । साथै, प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले एक्चुअरी भ्यालुएसनको लागि अनिवार्य एनालिस्ट राख्नुपर्ने व्यवस्था र भारतीय भ्याल्युएटरहरुमा निर्भर हुनुपर्ने समस्या हटेका कारण बीमा कम्पनीहरुको अब लाभांश घोषणामा हुने ढिलाईपनको समस्या हटेको छ ।

निर्जीवन कम्पनीको लाभांश घोषणामा किन ढिलाई ?

गत वर्षहरुमा जीवन बीमा भन्दा निर्जीवन बीमा कम्पनीहरुको लाभांश चाँडै घोषणा हुने गर्दथ्यो । तर यस वर्ष ठ्याक्कै उल्टो भएको छ । हालसम्म १० जीवन बीमकले लाभांश घोषणा गरिसक्दा निर्जीवनतर्फ जम्मा ६ वटाले मात्रै लाभांश घोषणा गरेका छन् ।

निर्जीवनको लाभांश ढिलाई हुनुमा नेपाल बीमा प्राधिकरणको कडाई प्रमुख कारण हो । जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिका लागू भएपछि निर्जीवन बीमा कम्पनीलाई पनि एक्चुरियल भ्यालुएसन स्वीकृत गराउनुपर्ने नियम छ । यसअघि निर्जीवन बीमकहरुले एक्चुरियल भ्यालुएसन गराउनै पर्दैनथ्यो ।

निर्जीवन बीमा कम्पनीहरुले पनि एक्चुरियल भ्यालुएसनको लागि एक्चुरियल एनालिस्ट नियुक्त गर्नुपर्ने व्यवस्थाले यो वर्ष निर्जीवन बीमा कम्पनीहरुको लाभांश घोषणामा ढिलाई हुन पुगेको हो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X