काठमाण्डौ । नेपाल हाईड्रो डेभलोपर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
उक्त बैठकले गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ९.४७ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी १९ औं वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।