नेपाल हाइड्रो डेभलोपरको नाफा ३३.१८% ले बढ्यो, इपीएसमा पनि सुधार
काठमाण्डौ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आवमा ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३३.१८ प्रतिशत बढी हो । अघिल्लो आवमा यो कम्पनीले ४ करोड १ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो । कम्पनीले गत आवमा बिजुली बेचेर १० करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन यो अघिल्लो आवको...