शनिबार, पुष ६,२०८१ 10:51:55
IME remit
  • शनिबार, पुष ६,२०८१ 10:51:55
IME remit
Global IME Bank Limited

नेपाल हाईड्रो डेभलोपरको लाभांश घोषणा, साधारण सभा र बुक क्लोजको मिति पनि तय

Hyundai Nepal
नेपाल हाईड्रो डेभलोपरको लाभांश घोषणा, साधारण सभा र बुक क्लोजको मिति पनि तय
Nabil Bank Limited

काठमाण्डौ । नेपाल हाईड्रो डेभलोपर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  

उक्त बैठकले गत आवसम्मको सञ्चत मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । बैठकले लाभांशको प्रस्ताव पारित गर्न साधारण सभा समेत डाकेको छ । सभा काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

Bizshala
Shivam Cement
CG Motors

उक्त सभामा लाभांशको अजेणडा पारित हुनुका साथै बोनस सेयर प्रयोजनका लागि कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने तथा सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने नियमनकारी निकायहरुबाट कुनै थपघट गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

यस्तै आर्थिक वर्ष २०८०/८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारीत गर्ने, आव २०८०/८१ लेखा परिक्षण प्रतिवेदन, वासलात, तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु लगायतका संलग्न अनुसुचीहरु समेत पारित गर्ने  र आव २०८१/२०८२ को लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.