काठमाण्डौ । नेपाल हाईड्रो डेभलोपर लिमिटेडको प्रस्तावित लाभांश पाउन सेयरधनी बन्नुपर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि प्रस्तावित लाभांश तथा साधारण सभा प्रयोजनका लागि पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।
कम्पनीको सञ्चालक समितिले आर्थिक वर्ष २०८०/८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश आगामी पुस २५ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीको साधारण सभाबाट पारिर गरी वितरण गरिनेछ ।