बिहीबार, फाल्गुन ७,२०८२ 12:20:12
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 12:20:12
Bizshala
Global IME Bank Limited

नेपाल हाईड्रो डेभलोपरद्वारा साधारण सभा आह्वान

नेपाल हाईड्रो डेभलोपरद्वारा साधारण सभा आह्वान
Shivam Cement

काठमाण्डौ । नेपाल हाईड्रो डेभलोपर लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा भएको लाभांश पारित गर्ने विशेष प्रस्तावसहित १९ औं साधारण सभा डाकेको हो ।

उक्त सभा आगामी पुस २३ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सभामा गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि गरी कुल ९.४७ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ७ गते बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसर्थ पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.