काठमाण्डौ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म २ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा ०.५९ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीले २ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट ३ करोड २२ लाख आर्जन गरेको छ । जुन रकम अघिल्लो आवको ३ करोड २४ लाखको तुलनामा केही कम हो ।
कम्पनीको चुक्तापूँजी ३८ करोड ८१ लाख रुपैयाँ रहेकोमा रिभर्ज फण्डको आकार २७.०५ प्रतिशतले बढेर १० करोड ५८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल चालु सम्पत्ति १० करोड ६ लाख र कुल चालु दायित्व १ करोड ६७ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको इपीएस २४.२६ रुपैयाँबाट घटेर २२.३३ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२७.२६ रुपैयाँ, पीई रेसियो २८.५० रुपैयाँ र आरओए १४.०५ प्रतिशत रहेको छ।

