काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ३० प्रतिशत नगद लाभांश(नगद लाभांशमा लाग्ने कर समेत)प्रदान गर्ने निर्णय गरेको छ । यस्तै कम्पनीले लाभांशको प्रस्तावसहितको वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणमा पेश गर्ने निर्णय समेत गरेको छ ।
प्रस्तावित लाभांश बीमा समितिब€बाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।