काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २४ गते बसेको कम्पनीको सञ्चालक समितिको १०० औं बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले गत आवका लागि हाल कायम चुक्तापूँजी ७० करोड रुपैयाँको ८.४२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । जसमा ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश( कर प्रयोजनका लागि) रहेका छन् ।
यस्तै बैठकले बोनस सेयर वितरणपश्चात कायम हुने चुक्तापूँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ । कम्पनीको लाभांश र हकप्रद निष्कासनको प्रस्ताव आगामी कात्तिक २१ गते डाकिएको साधारण सभाबाट पारित हुनेछ । कम्पनीको सातौं साधारण सभा काठमाण्डौको गैरीधारामा रहेको सिल्भर वक ब्याङक्वेट एण्ड एभेन्ट्स सेन्टरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन र लाभांश प्राप्त गर्नका लागि योग्य हुनेछन् ।