बुधबार, श्रावण २७,२०८३ 07:18:53
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 07:18:53
Bizshala
Global IME Bank Limited

बुटवल पावरको लाभांश घोषणा, साधारण सभा समेत आह्वान

Prabhu Bank Limited
बुटवल पावरको लाभांश घोषणा, साधारण सभा समेत आह्वान
New Office

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले आव २०८१/८२ को मुनाफाबाट चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । लाभांश पारित गर्न कम्पनीले आगामी पुस २८ गते काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा अपरान्ह २ बजेदेखि सभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।

उक्त सभामा गत आवमा विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई प्रदान गरिएको ९ लाख ८७ हजार २ सय रुपैयाँ आर्थिक सहयोग अनुमोदन गर्ने, गत आवको वार्षिक प्रतिवेदनलगायतका वित्तीय विवरणहरु समेत पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा सञ्चालक समितिमा रिक्त हुने चारजना सञ्चालकको पदपूर्तिका लागि निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसर्थ पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन तथा सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.