बाढी प्रभावितको राहतका लागि बुटवल पावर कम्पनीद्वारा ५१ लाख बढी सहयोग हस्तान्तरण
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेड र यससँग आबद्ध ग्रुप कम्पनीहरू तथा बीपीसी कर्मचारीहरूको तर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि ५१ लाख ४१ हजार ९ सय ८६ रुपैयाँ आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको हो ।गत भदौ १० गते आएको बाढीले जनधनको ठूलो क्षति पुर्याएपछि सरकारले गरिरहेको खोज, उद्धार तथा...

