मंगलवार, माघ ८,२०८१ 07:06:31
IME remit
  • मंगलवार, माघ ८,२०८१ 07:06:31
IME remit
Global IME Bank Limited

बुटवल पावरले लाभांश पारित गर्न डाक्यो साधारण सभा, एफपीओको प्रस्ताव पनि अनुमोदन हुने

Hyundai Nepal
बुटवल पावरले लाभांश पारित गर्न डाक्यो साधारण सभा, एफपीओको प्रस्ताव पनि अनुमोदन हुने
Nabil Bank Limited

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २८ गते काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा गत आवका लागि ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने र धितोपत्रको थप सार्वजनिक निष्कासन(एफपीओ)को प्रस्ताव पारित गरिनेछ । यस्तै विभिन्न संघ संस्थालाई दिइएको ५ लाख ९९ हजारबराबरको आर्थिक सहयोग पारित गर्ने र तल्लो मनाङ मर्स्याङदी जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र लोअर मनाङ मर्स्याङदी हाइड्रोपावर कम्पनी प्रालिमा हस्तान्तरण गर्ने र चिनोखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र चिनो हाइड्रोपावरमा हस्तान्तरण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

Muktinath Bikas Bank Limited

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.