IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 09:04:30
IME remit
Global IME Bank Limited

बुटवल पावरको नाफा १६.५७% ले बढ्यो

Hyundai Nepal
बुटवल पावरको नाफा १६.५७% ले बढ्यो
Shivam Cement

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीले २२ करोड ६१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १६.५७ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १९ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ३१ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २३.९२ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत २५ करोड १८ लाख रुपैयाँ कमाएको थियो । कम्पनीको अन्य आम्दानी ७ करोड ७४ लाख रुपैयाँ रहेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

कम्पनीको साधारण खर्च २८ करोड ५० लाख, वितरण खर्च १३ करोड ६६ लाख, प्रशासनिक र अन्य सञ्चालन खर्च १३ करोड १७ लाख र वित्त खर्च १ करोड २८ लाख रुपैयाँ रहेको छ ।  

यस्तै कम्पनीले १ करोड ४० लाख रुपैयाँबराबरको वित्त आम्दानी समेत गरेको छ ।    

३ अर्ब ४० करोड रुपैयाँ  चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ४९ करोड ३८ लाख र कुल चालु दायित्व ४६ करोड ३२ लाख रुपेयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)त्रैमासिक ६.६३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २०८.०२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १भ्४४.३९गुणा र तरलता अनुपात १.०७ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.