काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले थप सार्वजनिक निष्कलासन(एफपीओ)को प्रक्रिया रद्द गरी हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले कम्पनीका विभिन्न आयोजनामा लगानीका लागि प्रतिसेयर रु. १०० दरका १ करोड कित्ता एफपीओ प्रिमियम मूल्यमा जारी गर्ने प्रक्रिया रद्द गरी चुक्तापूँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।
बैठकले हकप्रदको प्रस्ताव साधारण सभा पेश गर्नुपूर्व विद्युत नियमन आयोगबाट पूर्वस्वीकृती लिने निर्णय समेत गरेको छ ।