आईतवार, भाद्र २३,२०८१ 05:55:58
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 05:55:58
IME remit
Global IME Bank Limited

बुटवल पावर कम्पनी गोल्ड अवार्डबाट सम्मानित

Hyundai Nepal
बुटवल पावर कम्पनी गोल्ड अवार्डबाट सम्मानित
Nabil Bank Limited

काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) ले ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार २०२३ मा प्रदान गर्ने विभिन्न विधाहरु मध्ये ‘पावर एण्ड ईनर्जी’ क्षेत्रतर्फ बुटवल पावर कम्पनी लिमिटेड ‘गोल्ड अवार्ड’ बाट सम्मानित भएको छ । 

आईक्यानले आर्थिक वर्ष २०७९/८० मा कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

साउन ५ गते काठमाण्डौमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा अर्थ मन्त्री श्री विष्णु पौडेलले कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेका थिए । यस अवार्डले कम्पनीलाई आगामी दिनहरुमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कम्पनीले जनाएको छ । कम्पनीको परिष्कृत वार्षिक प्रतिबेदनले साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा) ले दक्षिण एसियाली स्तरमा आयोजना गर्ने उत्कृष्ट वार्षिक प्रतिबेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत केन्द्रहरुबाट विद्युत उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँची जिल्लाका करिब ६३ हजार ग्राहकहरुलाई विद्युत वितरण गर्दै आएको छ । हाल संचालनमा रहेको ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत आयोजनाहरुमा कम्पनीको लगानी रहेको छ । निर्माणको चरणमा रहेको ३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजनामा कम्पनीको लगानी रहेको छ भने पूर्ब निर्माणको चरणमा रहेका मस्र्याङ्दी बेसिन स्थित करीव ६०० मेगावाट क्षमताका तीनवटा जलविद्युत आयोजनाहरु कम्पनीको लगानी रहेको र ७.८ मेगावाट क्षमताको चिनोखोला जलविद्युत आयोजना निर्माण गर्ने योजना रहेको छ ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X