काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले बुटवल पावर कम्पनीलाई न्यादी हाईड्रोपावरको सेयर बिक्री गर्न रोक लगाएको छ । बोर्डले कम्पनीलाई न्यादी हाईड्रोको ३१ लाख कित्ता सेयर बिक्री गर्ने कार्य स्थागन गर्न निर्देशन दिएको हो ।
बुटवल पावरले गत वैशाख २४ गते एक सूचना जारी गर्दै आफ्नो नाममा रहेको न्यादी हाईड्रोपावर ३१ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने निर्णय भएको जनाएको थियो ।
उक्त सम्बन्धी जानकारी बोर्डमा प्राप्त भएकोेमा उक्त कम्पनीका सञ्चालकहरु न्यादी हाईड्रोपावरमा समेत सञ्चालक रहेको देखिएकाले बुटवल पावरले न्यादी हाईड्रोपावर कम्पनीको सेयर बिक्री गर्ने कार्य धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क( विपरित हुने हुँदा सेयर बिक्री स्थगन गर्न निर्देशन दिइएको जनाएको छ ।