काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ६ करोड ६० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२.०७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २० करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.७१ प्रतिशतले कम हो । अघिल्लो आवको पहलिो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत २१ करोड ५ लाख रुपैयाँ कमाएको थियो । कम्पनीको अन्य आम्दानी २ करोड १६ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको साधारण खर्च ७ करोड २३ लाख, वितरण खर्च ३ करोड ६३ लाख, प्रशासनिक र अन्य सञ्चालन खर्च ३ करोड ३४ लाख र वित्त खर्च २२ लाख ७६ हजार रुपैयाँ रहेको छ ।
३ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ७४ करोड ३१ लाख र कुल चालु दायित्व १५ करोड १२ लाख रुपेयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.९४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २०८.५० रुपैयाँ, मूल्य आम्दानी अनुपात २४५.८८ गुणा र तरलता अनुपात ४.९१ प्रतिशत कायम भएको छ ।