अपर लोहरे खोला हाईड्रोपावर रु.५ लाख घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाण्डौ । अपर लोहरे खोला हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिमा ५ लाख ४ हजार रुपैयाँ घाटा व्यहोरेको छ । यल्पी यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा भने कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीको घाटा १३ लाख ५६ हजार रुपैयाँ थियो ।