मंगलवार, बैशाख १,२०८३ 01:52:15
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 01:52:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मिथिला लघुवित्तको खुद नाफा ३५.८०% ले वृद्धि, खुद ब्याज आम्दानी पनि ४२.४६% ले बढ्यो

Bizshala
मिथिला लघुवित्तको खुद नाफा ३५.८०% ले वृद्धि, खुद ब्याज आम्दानी पनि ४२.४६% ले बढ्यो
Shivam Cement

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानी दुवै बढेको छ । संस्थाले चालु आव २०८१/८२ को पहिलो त्रैमाससम्ममा १ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३५.८० प्रतिशतले धेरै हो ।  

अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले ७४ लाख ४४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्ममा ३ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४२.४६ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म संस्थाले २ करोड ७६ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

समीक्षा अवधिसम्म संस्थाले १ करोड ८ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । संस्थाको कर्मचारी खर्च ६.२२ प्रतिशतले बढेर १ करोड ९० लाख र अन्य सञ्चालन खर्च पनि ६०.६२ प्रतिशतले बढेर ७० लाख १६ हजार रुपैयाँ पुगेको छ ।    

यस्तै संस्थाको रिजर्भको आकार २४.९३ प्रतिशतले बढेर १५ करोड २८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन १ अर्ब ६ करोड र कर्जा प्रवाह २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४.६९ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ५.१८ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २०.६३ रुपैयाँ,प्रतिसयर नेटवर्थ १७८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६१० रुपैयाँ,मूल्य आम्दानी अनुपात ८०.४१ गुणा र तरलता अनुपात १०.३८ प्रतिशत रहेको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.