बुधबार, बैशाख २,२०८३ 03:09:48
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 03:09:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीमाशुल्क आर्जनसँगै बढ्यो प्रभु महालक्ष्मी लाइफको खुद नाफा

Bizshala
बीमाशुल्क आर्जनसँगै बढ्यो प्रभु महालक्ष्मी लाइफको खुद नाफा
Shivam Cement

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा र खुद बीमाशुल्क आर्जन बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म  १२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १० करोड ३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यसरी कम्पनीको खुद नाफा २५.७३ प्रतिशतले बढेको छ ।  

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब १७ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा ४.१८ प्रतिशतले धेरै हो । कम्पनीले अघिल्लो आवको पहिलो त्रैमाससम्ममा १ अर्ब १२ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । 

यो अवधिमा कम्पनीले अन्य प्रत्यक्ष आम्दानी स्वरुप ५९ लाख १९ हजार ,लगानी तथा कर्जा आम्दानीमार्फत ३० करोड ४४ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ३ करोड १७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीको कुल आम्दानी १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । पहिलो त्रैमाससम्म कम्पनीले १ अर्ब १५ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष भने कम्पनीले १ अर्ब २ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको थियो ।  

पहिलो त्रैमाससम्म कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ९ करोड ६९ लाख र रिटेन्ड अर्निङ ६२ करोड २५ लाख रुपैयाँबराबर रहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

कम्पनीको प्रतिसेयर आम्दानी १०.६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११९.३४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २६६.८२ रुपैयाँ र पीई अनुपात ५३.५५ गुणा कायम भएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.