सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको १८.९९ लाख संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १८ लाख ९९ हजार २४१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

