आईतवार, जेष्ठ ३,२०८३ 05:41:24
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:41:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरणमा २० देखि शतप्रतिशतसम्म छुट पाइने

Laxmi Sunrise Bank Limited
प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरणमा २० देखि शतप्रतिशतसम्म छुट पाइने
Shivam Cement

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने भएको छ।  

कम्पनीले व्यतीत बीमालेख असार १२ गतेदेखि असार २७ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गरिने जनाएको छ । यस्तो छुट समुन्नती जीवन योजनाबाहेक अन्य बीमा योजनामा प्रदान गरिनेछ ।  

कम्पनीले ५ वर्षभन्दा बढी अवधिदेखि व्यतित बीमालेख नविकरण गर्दा २० प्रतिशत ,३ देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा ५० प्रतिशत र ३ वर्षभित्रको व्यतित बीमालेखहरुमा शतप्रतिशत ब्याज छुट प्रदान गरिने जनाएको छ ।    

Bizshala
New Office
CG Motors

यो योजनामा समावेश भई पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज छुटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।  

यस्तै यसअघि विलम्ब छुट सुविधा प्राप्त गरेका बीमालेखहरुलाई भने यस योजनामा समावेश नगरिने कम्पनीले जनाएको छ ।  यस्तो छुट बीमा अवधिभर एकपटक मात्रै प्रदान गरिने कम्पनीले स्पष्ट पारेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.