काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीह्रुको स्वामित्वमा रहेको १६ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीले आजदेखि कुल १६ लाख ४० हजार कित्ता सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।
सेयर खरिदका लागि सूचना जारी भएको ३५ दिभित्र आवेदिन दिनु पर्नेछ । हाल कायम संस्थापकहरुले काठमाण्डौको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।