बिहीबार, श्रावण २१,२०८३ 12:01:58
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 12:01:58
Bizshala
Global IME Bank Limited

प्रभु महालक्ष्मी लाइफले कमायो २७.०७ करोड खुद नाफा, बीमाशुल्क आर्जन करिब साढे ३ अर्ब

प्रभु महालक्ष्मी लाइफले कमायो २७.०७ करोड खुद नाफा, बीमाशुल्क आर्जन करिब साढे ३ अर्ब
New Office

काठमाण्डौ । चालु आवको तेस्रो त्रैमाससम्म प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद बीमाशुल्क आर्जन र नाफा दुवै बढेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म २७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.६७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।    

कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा १७.८१ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको खुद बीमाुशल्क आर्जन २ अर्ब ९६ करोड रुपैयाँ थियो । कम्पनीको कुल आम्दानी पनि ३ अर्ब ८९ करोडबाट बढेर ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।  

त्यस्तै कम्पनीको कुल खर्च पनि ३ अर्ब ६२ करोडबाट बढेर ४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । कम्पनीले ३ अर्ब ३७ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।  

कम्पनीको महावित्तती कोषको आकार बढेर १० करोड ४७ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ७९ करोड ४५ लाख र सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ७.६४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १२१.८९ रुपैयाँ र पीई अनुपात ७१.६९ गुणा कायम भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.