मंगलवार, बैशाख १,२०८३ 01:03:50
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 01:03:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारण सभा, लाभांश पारित र हकप्रद रद्द गर्ने विशेष प्रस्ताव

Bizshala
प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारण सभा, लाभांश पारित र हकप्रद रद्द गर्ने विशेष प्रस्ताव
Shivam Cement

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले ८ औं वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी जेठ २६ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

उक्त सभामा आर्थिक वर्ष २०८०/८१  का लागि प्रस्तावित ८ प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै सभामा सातौं साधारण सभाबाट तत्कालिन चुक्ता पूँजीको ७ प्रतिशतबराबरको हकप्रद सेयर जारी गर्ने निर्णय भएकोमा प्रस्तावित बोनस वितरणपश्चात नियामकले तोकेबमोजिम चुक्तापूँजी पुग्ने भएकाले उक्त निर्णय रद्द गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गर्ने, आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चाकहरुको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित हुनेछ ।  

CG Motors
Garima Development Bank
IME remit

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.