शनिबार, असार १४,२०८२ 01:58:44
  • शनिबार, असार १४,२०८२ 01:58:44
Global IME Bank Limited

प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारण सभा, लाभांश र हकप्रदको अजेण्डा पारित हुने

Hyundai Nepal
प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारण सभा, लाभांश र हकप्रदको अजेण्डा पारित हुने
Nabil Bank Limited

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी असोज २३ गते सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

उक्त सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित १० प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । 

यस्तै सभामा छैठौं साधारण सभाबाट तत्कालिन चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय भएकोमा सो निर्णय पुनरावलोकन गरी बोनस शेयर वितरण पश्चात कायम हुन आउने चुक्तापूँजीको ७ प्रतिशत बराबर को हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभामा बोनश सेयर तथा हकप्रद सेयर जारी पश्चात हुन आउने ५ अत्रर्ब ५ करोड ६३ लाख ९२ हजार रुपैयाँबराबर चुक्तापूँजी कायम गर्ने तथा सोही अनुसार प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत खर्च अनुमोदन गरिनेछ ।  

यसैगरी सञ्चालक समितिको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको साविक महालक्ष्मी लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८० को २०८० असार २८ सम्मको तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गर्ने, आव २०८०/८१ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चाकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित हुनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.