• शनिबार, भाद्र २८,२०८२ 06:21:15
Global IME Bank Limited

साविक महालक्ष्मी लाइफको नयाँ बोनसदर कायम, अधिकतम ५५ रुपैयाँसम्म प्रदान गरिने

Hyundai Nepal
साविक महालक्ष्मी लाइफको नयाँ बोनसदर कायम, अधिकतम ५५ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साविकको महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९/८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ ।  

कम्पनीले गत आवको आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन कम्पनीको आधिकारिक बीमाङ्कीबाट तयार गरिएको बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट वैशाख २ गते स्वीकृत भएको जनाएको छ । कम्पनीले २०८० असार मसान्तसम्म जारी भएको मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा प्रतिवर्ष प्रति हजारमा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।  

कम्पनीले महालक्ष्मी सावधिक जीवन बीमालेख अन्तर्गत ५ देखि १५ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १६ देखि २५ वर्षका लागि ४६ रुपैयाँ र २६ देखि ३० वर्षका लागि ५२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।  

कम्पनीले महालक्ष्मी सरल जीवन बीमालेख अन्तर्गत ५ देखि १५ वर्ष अवधिका लागि ५२ रुपैयाँ र १६ देखि २५ वर्षका लागि ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।    

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

महालक्ष्मी जीवन हेरचाह बीमा अन्तर्गतका ५ देखि १५ वर्ष अवधिका लागि ५० रुपैयाँ र १६ देखि २५ वर्षका लागि ५१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।    

कम्पनीले बाल बचत बीमा बीमा योजना अन्तर्गत ५ देखि १५ वर्ष अवधिका लागि ३२ रुपैयाँ, १६ देखि २१ वर्षका लागि ३५ रुपैयाँ र २२ देखि २५ वर्षका लागि ३९ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।  छ ।  

यसैगरी महालक्ष्मी वार्षिक धनफिर्ता बीमालेख अन्तर्गत ५ देखि १५ वर्ष अवधिका लागि ३५ रुपैयाँ र १६ देखि ३५ वर्षका लागि पनि ३५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।  

कम्पनीले महालक्ष्मी धनधान्य बीमा अन्तर्गत १५ वर्षे अवधिका लागि ४५ रुपैयाँ र २० वर्षे अवधिका लागि पनि ४५ रुपैयाँ बोनसदर तोकेको छ ।  

त्यस्तै महालक्ष्मी सावधिक आजीवन बीमा अन्तर्गत ५ देखि १५ वर्ष अवधिका लागि ३५ रुपैयाँ,१६ देखि २५ वर्षका लागि ३५ रुपैयाँ र २६ देखि ३० वर्षका लागि ३५ रुपैयाँ बोनस प्रदान गरिनेछ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.