काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक समूहको ठूलो परिमाणको सेयर सर्वसाधारण समूहमा रूपान्तरण भएको छ।
कम्पनीको ४४ लाख ९३ हजार ८३३.३४ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण गरिएको हो।
सेयर रूपान्तरणपछि कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको अनुपातसमेत परिवर्तन भएको छ। अब कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ७६.२० प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा २३.८० प्रतिशत कायम भएको छ।
यसअघि संस्थापक समूहमा रहेको उक्त सेयर सर्वसाधारण समूहमा रूपान्तरण भएसँगै कम्पनीको सेयर स्वामित्व संरचनामा परिवर्तन आएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।