शुक्रबार, असार १२,२०८३ 11:17:03
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 11:17:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा अर्याल चयन

Laxmi Sunrise Bank Limited
प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा अर्याल चयन

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सम्झना अर्याल चयन भएकी छन् । पुस १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

अर्याल नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) की अध्यक्ष समेत हुन् । जुन युरोपेली संयुक्त लगानीमा आधारित जीएसएम सेल्युलर सेवा प्रदायक कम्पनी हो र हाल नेपालका चार प्रदेशमा सेवा प्रदान गरिरहेको छ।

New Office
CG Motors
Garima Development Bank

यस्तै आर्याल मुक्तिश्री प्रालि(होल्डिङ, व्यवस्थापन तथा लगानी कम्पनी), मुक्तिश्री टेलिकम प्रालि(टेलिकम क्षेत्र केन्द्रित) तथा मुक्तिश्री एनर्जी प्रालि (विशेषतः जलविद्युत् परियोजनाहरूमा केन्द्रित) की बोर्ड सदस्यसमेत हुन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनी सन् २०२१ फेब्रुअरी १५ देखि प्रभु लाइफ इन्स्योरेन्ससँगको मर्जर नहुञ्जेलसम्म महालक्ष्मी लाइफ इन्स्योरेन्सकी सञ्चालक रहेकी थिइन् । साथै, उनी महालक्ष्मी विकास बैंक , एभरेष्ट मिनरल प्रोडक्ट प्रालि र हेटौंडा लाइम इन्डस्ट्रिजकी प्रवर्द्धक समेत हुन् ।

अर्याल सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सक्रिय छिन् । उनी मुक्तिश्री समूहको प्रमुख परोपकारी संस्था माधव राज सुमार्गी स्मृति कोषकी उपाध्यक्ष तथा कोषाध्यक्ष हुन्, जसले उद्धार, राहत, आश्रय, आध्यात्मिक केन्द्र तथा विविध सामाजिक कार्यहरूमा निरन्तर योगदान गर्दै आएको छ।

त्यसैगरी, सडक तथा जोखिममा रहेका बालबालिकाको शिक्षा र पुनर्स्थापनाका लागि कार्यरत ‘बाल सारथी’ संस्थाकी अध्यक्षसमेत हुन् । 

यस्तै बैठकले रिक्त रहेको कम्पनीको सञ्चालक पदमा छन बहादुर भट्टचनलाई नियुक्त गर्ने निर्णय गरेको छ । उनी कम्पनीको संस्थापक सेयरधनी क्लाउड मण्डप प्रालिको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा नियुक्त भएका हुन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.