काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ४२ हजार ३०० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०३ रुपैयाँ तोकिएको छ ।
इच्छुक लगानीकर्ताले असोज २२ गतेसम्म आवेदन दिनु पर्नेछ । बोलपत्र आवेदन पेश गर्दा सम्पूर्ण कित्ताका लागि दिनुपर्नेछ ।