• आईतवार, भाद्र २९,२०८२ 06:07:06
Global IME Bank Limited

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २५ लाख सहयोग

Hyundai Nepal
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २५ लाख सहयोग

काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २५ लाख सहयोग गरेको छ ।

प्रभु ग्रुपका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचनको उपस्थितिमा प्रभु महालक्ष्मी लाइफका अध्यक्ष शिक्षाभट्टचन र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार २५ लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बाढीपहिरो र डुबानका कारण मुलुकका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्तिमा रहेका नागरिकहरुको राहत र उद्दारकालागि सरकारसँग हातेमालो गर्दै उक्त सहायता प्रदान गरिएको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताएका छन् । चेक हस्तान्तरण कार्यक्रममा प्रभु महालक्ष्मी लाइफइन्स्योरेन्सका सञ्चालक विरेन्द्र जंग पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेको उपस्थिति रहेको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले यस अघि पनि नख्खु खोलामा असोज १२ गते आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका–९, चोपाटार घर भई हाल ललितपुर महानगरपालिका–२५ अस्थायी बसोबास गर्ने ३७ वर्षीय चनिकलाल तामाङलाई रियल हिरोको संज्ञा दिदै सम्मान गरेको थियो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.